“कञ्चनपुर कारागारबाट फरार कैदी जबरजस्ती करणी प्रयास आरोपमा पक्राउ”


कञ्चनपुर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ। दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दिपक सुनारलाई महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक जगतगाहा मगरले जानकारी दिएका छन्।

सुनारले दोधाराचाँदनी–२ स्थित एक स्थानीय घरमा प्रवेश गरी महिलामाथि बलात्कार प्रयास गरेको भन्दै स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीले समर्पण गरेका थिए।

प्रहरीका अनुसार उनी करिब दुई वर्षअघि जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका थिए। मंगलबार राति उनी कारागारबाट फरार भएको स्थानीयले बताएका छन् तर यसबारे औपचारिक पुष्टि कारागार कार्यालयसँग गर्न बाँकी रहेको प्रहरीको भनाइ छ।

सुनारलाई हाल थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ।


प्रकाशित : २०८२ भाद्र २५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित