सुन–चाँदीको मूल्यमा उल्लेख्य गिरावट


स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य घटेर रु तीन लाख कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि घटेर रु पाँच हजार ५०० मा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार एक तोला छापावाल सुन रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ६५ मा कारोबार भएको थियो। एकै दिनमा सुनको मूल्य तोलामा रु १८ हजार ८०० ले र चाँदीको मूल्य रु एक हजार ५६५ ले घटेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको असर स्थानीय बजारमा परेको बताइएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर एक औँस ४,८६५ अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलर मा कारोबार भइरहेको छ।


प्रकाशित : २०८२ माघ १९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित