पक्राउपछि फेरि रिहा हुँदै दुर्गा प्रसाईं — हाजिर जमानीमा छुट्ने प्रक्रिया अघि


काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने प्रक्रिया अघि बढाइएको छ ।

साइबर ब्युरोसँग सम्बन्धित एक अधिकारीका अनुसार प्रसाईंलाई रिहा गर्ने तयारी भइरहेको छ । उनलाई गत शुक्रबार काठमाडौंको चाल्नाखेलबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध निर्वाचनसम्बन्धी अभिव्यक्ति तथा साइबरसम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको बताइएको छ ।

यसअघि पनि प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा गत माघ ५ गते पोखराबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो । बयानपछि माघ ६ गते उनलाई हाजिर जमानीमा रिहा गरिएको थियो ।

प्रहरी स्रोतका अनुसार हाल उनीमाथि लगाइएका आरोपबारे थप अनुसन्धान जारी रहेको छ । अनुसन्धान अवधिमा आवश्यक पर्दा प्रहरीसमक्ष उपस्थित हुने सर्तसहित रिहा गर्ने तयारी गरिएको जनाइएको छ ।


प्रकाशित : २०८२ माघ २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित